बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भियतनाममा दुई दिनदेखिको अविरल बर्षाबाट ३७ को मृत्यु, ४० बेपत्ता

बिहीबार, २६ असोज २०७४, १७ : ३९
बिहीबार, २६ असोज २०७४

हनोई – दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भीषण वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । 

सो बाढीका कारण यहाँका करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन । 

हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुकाअनुसार वर्षा नरोकिएकोले बाढी झन बढेको छ । यसले गर्दा उद्वारकार्य कठिन भएको छ । 

भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ । बाढीका कारण करिब तीन हजार घरमा क्षति पुगेको छ । यसले गर्दा यहाँको जनजीवन अस्तव्यस्त भएको छ । 

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ । 

यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होवा बिन प्रान्त परेको छ । सो प्रान्तमा मात्र ११ जनाको ज्यान गएको छ । यहाँबाट २१ जना हराईरहेका छन् । 

मङ्गलबारदेखि भीषण वर्षा जारी छ । बाढी पहिरोले थान्ह होआ र होआ बिन प्रान्तमा रहेका जलविद्युत योजनामा क्षति पु¥याएको छ । 

बाढीबाट विस्थापित भएका हजारौँ नागरिकलाई शिवीर बनाएर राखिएको छ । सरकारले ती राज्यमा सङ्कटकालीन अवस्थाको घोषणा गरेर उद्वारलाई सक्रिय बनाएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप