शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रबहादुरको जनमोर्चाले कहाँ कसलाई बनायो उम्मेदवार ?

बिहीबार, २६ असोज २०७४, १७ : ३७
बिहीबार, २६ असोज २०७४

काठमाडौं– चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि विभिन्न स्थानमा उम्मेदवारी घोषणा गरेको छ । 

पार्टीले एक विज्ञप्ति जारी गर्दै वाम गठबन्धनसँग चुनावी तालमेलको लागि ढोका खुल्ला रहेको  समेत जनाएको छ । 

केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– विद्यमान गम्भीर परिस्थितिप्रति ध्यान दिएर अवसरवादी प्रकारले र केबल आफ्नो हार जितको प्रश्न मात्र होइन, भावी राजनीति र प्रतिक्रियावादी वा प्रतिगामी शक्तिहरुलाई पराजित गर्ने प्रश्नलाई ध्यान दिएर आगामी चुनावमा तालमेल गरेर जाने नीति अपनाउन विशेष जोड दिन चाहन्छौं । स्थानीय तहसम्म वामपन्थीको जनमत र जनलहर बृद्धि भएको छ । यसको मुख्य कारण निर्वाचनमा वामपन्थीको एकता नै हो । जनताको त्यसप्रकारको विचार र भावनालाई सम्मान र रक्षा गर्न ध्यान दिनु पर्दछ ।’

जनमोर्चाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनको लागि  तय गरेकाे उम्मेदवार
(१) बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा मिना पुन ।
(२) अर्घाखा“ची प्रतिनिधि सभामा शेरबहादुर वि.सी. ।
(३) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को १ नं. क्षेत्रमा तिलक थापा ।
(४) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को २ नं. क्षेत्रमा कृष्ण थापा ।
(५) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को १ नं. क्षेत्रमा भिमसेन वन ।
(६) बाग्लुङ प्रदेश सभा – प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को २ नं. क्षेत्रमा टेकबहादुर घर्ती ।
(७) प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा इमान सिंह खड्का ।
(८) प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा कृष्ण बहादुर खड्का ।
(९) अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा सागर के.सी. ।
(१०) अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ झविलाल थापा ।

पार्टीले बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र प्यूठान प्रतिनिधि सभाका उमेदवार भने यस अघि नै सार्वजनिक गरिसकेको छ भने बाँकी स्थानमा पनि छिट्टै सार्वजनिक गरिने  बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप