बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा  २४ घन्टाभित्र२९ जना तालिबान लडाकू मारिए

बिहीबार, २६ असोज २०७४, १७ : ३३
बिहीबार, २६ असोज २०७४

काबुल – अफगानिस्तानका विभिन्न भूभागमा गएको २४ घन्टाभित्र अफगान सेनाले तालिबान लडाकूका बिरुद्ध गरेको कारबाहीका क्रममा २९ जना लडाकू मारिएको बताइएको छ । 

अफगानिस्तानका विभिन्न भूभागहरुमा गएको २४ घन्टायता अफगान सेना र प्रहरीले गरेको कारबाही र द्विपक्षीय भिडन्तहरुमा परी ती लडाकू मारिएका हुन् । 

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा अधिकांश लडाकू मारिएका बताइएको छ । अफगानिस्तानको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ । 

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप