शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व बाथरोग दिवस : नेपालमा करिब १० लाख भन्दा बढी जनसंख्या पीडित

बिहीबार, २६ असोज २०७४, १७ : २३
बिहीबार, २६ असोज २०७४

काठमाडौं,– यस वर्षको विश्व बाथरोग दिवसको नारा “विलम्ब नगरौं, आजै गरौं सम्पर्क” भन्ने नाराका साथ नेपालमा पनि मनाइएको छ । 

यसैबीच नर्भिक इन्टरनेशनल हस्पिटलले यस वर्षको विश्व बाथरोग दिवस विविध जनचेतनामूलक कार्यक्रम तथा प्रभातफेरि कार्यक्रम गरेर मनाएको छ । विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ । 

बिहीबार आयोजना गरिएको उक्त कार्यक्रम नर्भिक परिसरबाट सुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, बसन्तपुरबाट फर्केर हनुमानढोका, असन चोक, रत्नपार्क, भद्रकाली, माइतीघर मण्डला हुँदै नर्भिकको प्राङ्गणमा आएर समापन भएको थियो । उक्त कार्यक्रममा बाथरोगीहरूका अलावा सर्वसाधारण, चिकित्सकसहित करिब १५० जनाको टोली संलग्न थियो । 

जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको सरोकारवालाहरुले बताएका छन् ।सबै उमेर समूहका मानिसहरू कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । पुरुषका दाँजोमा महिलाहरू अझ बढी रोगको शिकार हुने गरेका तथ्याङ्कले देखाएको छ । धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण, केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । 

रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे सवैले ध्यान दिनुपर्ने नर्भिकका बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताले बताए । नर्भिकका नायब महाप्रबन्धक, संस्थागत सञ्चार आर.पी. मैनालीले प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताए । बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसंख्या यस रोगबाट पीडित भएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप