बङ्लादेश- लकडाउनको म्याद फेरि थप गरिएको घोषणा
ढाका । बङ्लादेशका उच्च सरकारी अधिकारीले लकडाउनको म्याद फेरि थप गरिएको घोषणा गरेका छन् ।
कोरोनाभाइरसको महामारीको दोस्रो लहर थप बढ्दै गएकाले लकडाउनको म्याद फेरि बढाउनु परेको अधिकारीहरूको भनाइ छ ।
बङ्लादेशका सार्वजनिक प्रशासन राज्यमन्त्री फर्हाद हुसेनले अप्रिल २२ देखि २८ सम्म पनि लागु हुनेगरी लकडाउनको म्याद थपिएको जानकारी दिए ।
बङ्लादेशमा यसअघि यही अप्रिल १४ देखि २१ सम्म एक हप्ते लकडान घोषणा गरिएको थियो ।
लकडाउनसँगै भिडभाड गर्न नपाइने, अत्यावश्यक काम विना घर बाहिर निस्कन नपाइने, सामाजिक दुरी अनिवार्य कायम गर्नु पर्नेलगायतका केही व्यवस्थाहरूमा पनि कडाइ गरिएको छ ।
बङ्लादेशमा कोरोनाभाइरसबाट अहिलेसम्म सात लाख २३ हजार २२१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल सङ्क्रमित मध्ये १० हजार ४९७ जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार ३०० सङ्क्रमणमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न