शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्र विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउने तयारीमा लाग्यो : प्रधानमन्त्री ओली

सोमबार, ०६ वैशाख २०७८, २१ : २४
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र प्रधानमन्त्रीबाट आफूलाई हटाउने र एमालेलाई विभाजन गर्ने एकसूत्रीय अभियानमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

नेकपा एमाले १० औं महाधिवेशन आयोजक कमिटीको अध्यक्षसमेत रहेका ओलीले सोमबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै माओवादी केन्द्रकाबारे यस्तो मूल्याङ्कन गरेका हुन् ।

ओलीले माओवादी केन्द्र विदेशी शक्तिका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन तयार रहेको आरोपसमेत लगाएका छन् । ‘प्रधानमन्त्रीको प्रस्ताव बोकेर विभिन्न दलहरुको ढोकामा पुग्छ,’ माओवादी केन्द्रमाथि टिप्पणी गर्दै राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन्, ‘आफू नेकपा एमालेसमेतको समर्थनबाट विजयी भएको तथ्यलाई लत्याउँदै राजनीतिक स्थायित्वका पक्षमा उभिएका नेताहरुलाई कारवाही गर्छ ।’

बेलाबेलामा प्रचण्डबाट प्रकट हुने ‘अर्को जनयुद्ध’, ‘अर्को विद्रोह’ का अभिव्यक्ति हताशाका अभिव्यक्तिबाहेक केही नरहेको ओलीको भनाइ छ ।

उनले हताश हुँदै गएको माओवादी केन्द्रको भूमिका आगामी दिनमा झनै नकारात्मक एवं विभिन्न शक्तिकेन्द्रका लागि सहयोगी हुने सम्भावना रहेको उल्लेख गरेका छन् । ‘यस्ता अवसरवादी र हानीकारक प्रवृत्तिको आलोचना गर्दै माओवादीभित्रका सकारात्मक पक्षलाई एकतावद्ध बनाउने प्रयासलाई जारी राख्नुपर्छ,’ राजनीतिक प्रतिवेदनमा ओलीले भनेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप