बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा ९ दिनलाई विद्यालय विदा

सोमबार, ०६ वैशाख २०७८, २१ : १९
सोमबार, ०६ वैशाख २०७८

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले ९ दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ ।​ दोस्रो चरणको कोरोना बढन थालेपछि संघीय सरकारको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको  पठन–पाठन बन्द गर्ने निर्णय गरे पश्चात उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । 

जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठक ले पनि विद्यालय बन्द गर्न अनुरोध गरेपछि उप महानगरपालिकाले उक्त निर्णय गरेको हो ।

सोमबार शिक्षक संघ संगठन, प्याब्सन एन क्याप्सनसँगको सुझाव र  छलफलपछि ९ दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपप्रमुख शुशीला मिश्र भट्टले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप