पोखरा क्षेत्रका सबै शैक्षिक संस्था बन्द हुने

पोखरा । पछिल्लो समयमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि पोखरा क्षेत्रका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।
कोरोनाको त्रास बढेपछि मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पोखरा महानगरपालिकाका सवै शैक्षिक संस्था आगामी जेठ १ गतेसम्म बन्द हुने भएका हुन् ।
यसअघि पोखरा महानगरको शिक्षा शाखा र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो । तर केन्द्र सरकारले नै बन्द गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका पछि हटेको हो ।
निजी विद्यालयहरु सरकारले तोकेको मापदण्ड पूरा गर्दै विद्यालयलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएपनि सरकारले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको पठन–पाठन बन्द गर्ने निर्णय गरेसँगै पछि हटेको हो ।
पोखरा महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख हेमप्रसाद आचार्यले आफूहरुले शिक्षण संस्था बन्द नगर्ने निर्णय गरे पनि केन्द्र सरकारको निर्देशन पछि हट्न बाध्य भएको बताए ।
‘हामीले आवस्यक सावधानी अपनाएर शैक्षिक संस्था खोल्ने पक्षमा थियौ तर, केन्द्रीय सरकारले शहरी क्षेत्रका सवै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपछि पछि हट्न बाध्य भयौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि