बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाको नवौं संशोधन रोक्न विद्यार्थी नेताहरुले राष्ट्रपति गुहार्ने

बिहीबार, २६ असोज २०७४, १७ : २४
बिहीबार, २६ असोज २०७४

काठमाडौं -लाखौं विद्यार्थीको भविष्य अन्धकार पार्ने भन्दै विभिन्न ९ विद्यार्थी संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक  प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी समक्ष गुहार माग्ने भएका छन्।

मुलुकको ध्यान  दशैं र मधेसको चुनावमा रहेको वेला संसदवाट छलछामपुर्ण ढंगले सो ऐन पारित भएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन्।आज अनेरास्ववियुको वागवजार स्थिति कार्यालयमा वसेको संयुक्त विद्यार्थी संगठनको वैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सो विधेयक अघि नवढाउन अनुरोध गरिने निर्णय गरेको छ।

यसैगरी सिटिइभिटिमा मनपरि सम्वन्धन् दिएको, एकलौटी रुपमा शिक्षाको नवौं संशोधन अघि वढाएको ,काठमाडौं विश्वविद्यालयमा मेडिकल शुल्क मापदण्ड विपरीत लिंदा मुकदर्शक वनेको भन्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक रुपमा वहिष्कार गर्ने निर्णय समेत भएको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

यस्तै त्रिभुवन विश्वविद्यालयमा आमरण अनसनका भरमा करार हुँदै स्थायी गर्ने परिपाटी कुनै हालतमा अघि नवढाउन विश्वविद्यालय पदाधिकारीलाई ज्ञापनपत्र वुझाइने बस्नेतले जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप