शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आयोगको आग्रह

बिहीबार, २६ असोज २०७४, १७ : ०४
बिहीबार, २६ असोज २०७४

काठमाडौं–निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

 विहिबार ४ वटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको सुरक्षासम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी उनले  उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको पनि स्पष्ट पारे । 

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले ल्याएको निर्वाचनसम्बन्धि सुरक्षा योजना ज्यादै व्यवहारिक भएको टिप्पणी पनि गरे । 
 त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्बन्धि केन्द्रिय योजना तयार पारिएको जानकारी गराएका थिए ।

 आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरुले २९ गते आईतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप