शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको नयाँ वर्ष अफरः 'अरेन्ज सेभिङ प्लस' खातामा आकर्षक सुविधा

सोमबार, ०६ वैशाख २०७८, १६ : ०८
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ प्लसबाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

अरेन्ज सेभिङ प्लस खाता भएका ग्राहकले १ लाख सम्मको वार्षिक स्वास्थ्य बीमा र र १० लाख सम्मको दुर्घटना (मृत्यु) र अक्षमता बीमा सुविधा पाउन सक्नेछन्। यति मात्र नभएर डेबिट, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुको साथै बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टी.एम.मा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता हुने बैंकले जनाएको छ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभर अरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ प्लस वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने बैंकले जनाएको छ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता शुभ श्री (लक्ष्मी बचत खाता) मा पनि बैंकले विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याजदर प्रदान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप