सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
सोमबार, ०६ वैशाख २०७८, १५ : ३५
काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् ।
गुरुङले दिएको राजीनामा बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेबाट लागु हुनेगरी स्वीकृत गरेको बैंकले जनाएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको पनि बैंकले जनाएको छ ।
सिभिल बैंकमा २०६९ असोज २१मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले २०७४ बैशाख १२ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा