शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाद्वारा नेपाल सामु ११० रनको चुनौती पेश

सोमबार, ०६ वैशाख २०७८, १४ : ४७
सोमबार, ०६ वैशाख २०७८

 त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार भएको खेलमा मलेसियाले नेपाल सामु ११० रनको चुनौती पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियामा १६.५ ओभरमा अलआउट हुँदै १०९ रन बनाएएको हो । 

मलेसियाको सुरुवात त्यति सुखद हुन सकेन । ओपनर अन्वर अरुदिन क्याच आउट भए भने क्याप्टेन अहमद फैज पनि रन आउट हुँदा मलेसियाले आफ्नो महत्त्वपूर्ण ब्याट्सम्यानहरु  चौथौ ओभर भित्रै गुमाउन पुगेको थियो । 

मलेसियाका अर्का ओपनर साईद अजिज नै मलेसियाको लागि महत्त्वपूर्ण खेलाडी बन्न पुगे, उनले २४ बलको सामना गरि ४ चौका र १ छक्काको मद्दतले २७ रन बनाउन सफल भए । 
त्यस्तै नेपालको बलिङमा करण केसीले सर्वाधिक ३ विकेट लिए । जसका लागि उनले ३ ओभरमा १७ रन खर्चिए  । यस्तै सन्दिप लामिछानेले २ विकेट र  सोमपाल कामी, दिपेन्द्र सिंह  ऐरी, कुशल मल्ल  र शाहव आलमले समान १–१ विकेट लिएका थिए ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप