शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल चोरेको आरोपमा पक्राउ

सोमबार, ०६ वैशाख २०७८, ११ : ४०
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भई वीरगञ्ज महानगरपालिका–१३ बस्दै आएका २० वर्षीय रेयाज मियाँ ठकुरी छन् ।

शनिवार वीरगञ्ज महानगरपालिका–१६ स्थित घरमा पार्किङ गरेर राखेको बिशाल शाहको मोटरसाइकल रेयाजले चोरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रदेश–२–३–००७ नम्बरको सेतोमा रातो रंगको मोटरसाइकलको लक फुटाएर चोरेर लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्रेको हो । मोटरसाइकल चोरीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप