अब चन्द्रमामा बन्छ विशाल टेलिस्कोप
अमेरिकी स्पेश एजेन्सी नासाले चन्द्रमामा विशाल टेलिस्कोप बनाउने योजना बनाइरहेको छ । यसको नाम लुनर क्रेटर रेडियो टेलिस्कोप (LCRT) रहनेछ । यसलाइ प्योर्टो रीकोको Arecibo टेलिस्कोप जस्तै बनाइँदैछ । Arecibo टेलिस्कोप गत डिसेम्बर महिनामा ढलेको थियो ।
यस टेलिस्कोपले एउटा ठूलो डिसको माध्यमले अन्तरिक्षबाट रेडियोवेभ रिसिभ गर्नेछ र यसलाई इम्प्लिीफाइ गर्नेछ । यसलाई वैज्ञानिकले अध्ययन गर्नेछन् । चन्द्रमामा हुने यो टेलिस्कोपलाई पृथ्वीको दाँजोमा कम आवाज सुन्नुपर्नेछ । यो यसका लागि अत्यन्त ठूलो फाइदा साबित हुनेछ ।
यस टेलिस्कोपको एक किमी चौडा डिश चन्द्रमाको खाल्डोमा रोबोटको मद्दतले झुण्ड्याइनेछ । यो टेलिस्कोप Arecibo भन्दा तीन गुना चौडा हुनेछ । अनि चन्द्रमामा भएका कारण यसबाट ब्रम्हाण्डको राम्रो दृष्य देखिनेछ ।
नासाले यस अनुसन्धानमा संलग्न समूहलाई ५ लाख डलर दिने घोषणा गरेको छ । यसले टेलिस्कोपको डिजाइन तथा ढाँचा बनाउने प्रारम्भिक काम गरिने छ ।
यो टेलिस्कोपले हाम्रो सौर्यमण्डल बाहिर पहिलो पटक कुनै ग्रहको खोजी गरेको थियो । साथै, यसले शुक्र ग्रहको सतह पनि हेरेको थियो, अनि दुईवटा यस्तो ताराको खोजी गरेको थियो जसले अल्बर्ट आइन्सटाइनको जनरल रेलिटिभिटी थ्योरीलाई सही साबित गरेको थियो ।
पृथ्वीको वायुमण्डलमा १० मिटरभन्दा माथिका वेभलेन्थ वाला रेडियोवेभ ( frequencies below 30MHz ) प्राप्त हुन्छन् । यसकारण Arecibo टेलिस्कोपले प्राचीन ब्रम्हाण्डलाई देख्न सकेको थिएन । टिमको नेतृत्व गरिरहेका नासाका इन्जिनियर बन्दोपाध्यायका अनुसार त्यस समय ब्रम्हाण्डमा तारा बनिरहेका थिए र त्योभन्दा पहिला पदार्थ बनिरहेको थियो ।
प्रारम्भिक ब्रम्हाण्डको अध्ययनले डार्क मैटरको उत्पत्तिका बारेमा जान्न सकिनेछ । बन्दोपाध्यायका अनुसार चन्द्रमामा बन्ने टेलिस्कोप बाट १० -५० मिटर वेभलेन्थको ( 6–30MHz frequency ) ब्रम्हाण्ड अध्ययन गर्न सकिन्छ जुन अहिलेसम्म थाहा हुन सकेको छैन । यस वेभलेन्थमा के पाइन्छ भनेर हालसम्म पत्ता लाग्न सकेको छैन ।
यो टेलिस्कोप जडानका लागि अहिले टिमले केही क्रेटर्सको चयन गरेको छ । हालसम्मको योजनामा एउटा क्रेटरको किनारामा दुई ठूला ल्याण्डर उतारिनेछन् । एउटा ल्याण्डरमा जाल हुनेछ भने अर्कोमा रोवर्स । रोवरले तार बिछ्याउने काम गर्नेछ जसमाथि टेलिस्कोपको जाल बिछ्याइनेछ । रोबोटले १० दिनमा यो काम पूरा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित