मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा युभेन्टस्

सोमबार, ०६ वैशाख २०७८, ११ : ३०
सोमबार, ०६ वैशाख २०७८

एटालन्टासँग पराजित भएपछि साबिक विजेता युभेन्टस्को च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनामा चुनौति पैदा छ । रुसलान मालिनोभस्कीले ८६ औँ मिनेटमा  गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै युभेन्टस्लाई उछिन्दै एटलान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

एटलान्टा दोस्रो स्थानमा रहेको एसी मिलानभन्दा २ अंकले पछि रहेको छ । आइतबार नै मिलानले जेनोआलाई २–१ ले हरायो ।

आन्द्रे पिर्लोको टोली चौथो स्थानमा रहेको छ । पाँचौ स्थानमा रहेको नापोलीभन्दा युभे मात्र दुई अंकले अघि छ ।

आइतबारको खेलमा शीर्ष स्थानमा रहेको इन्टरलाई हराएको भए नापोलीले युभेलाई उछिन्ने थियो । तर, खेल १–१ को बराबरीमा सकिएको थियो । इटालियन सिरिए ए का शीर्ष ४ टोली च्याम्पियन्स लिगमा छनौट हुन्छन् ।

घाइते रहेका क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको युभेन्टस्लाई गोलको अवसर सिर्जना गर्न हम्मेहम्मे परेको थियो । अल्भारो मोराटाले दुई अवसर खेर फालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप