बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नु होः ओली

बिहीबार, २६ असोज २०७४, १६ : १९
बिहीबार, २६ असोज २०७४

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्य, निष्ठा, देश र जनतालाई माया गर्ने नै वामपन्थी भएको बताएका छन् । 
 आफूलाई केहि विद्धानले  ओली वामपन्थी भएको भनि टिप्पणी गरेको  प्रति असहमति जनाउँदै  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा  बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  उनले भने, ‘अहिले केहि विद्धानहरुले म  बामपन्थी हुन सक्दिनँ भनेर भनिरहेका छन्  सत्य, निष्ठा र  देश र जनतालाई माया गर्ने बामपन्थी हो ।’
उनले   देश र जनताको पक्षमा काम गर्ने आफू बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नेहरुले फैलाएको हल्ला मात्रै भएको बताए । 

उनले  बामपन्थ  नरुचाउनेहरु  समृद्धि, सुशासन र  समानता विरोधि भएको आरोप लगाउँदै  आफूहरुले यी सबै सवालको पक्षमा रहेको बताए । 
कतिपयले आफू  कम्युनिष्ट नभएको समेत भन्ने गरेको प्रति लक्षित गर्दै उनले भने, ‘ जसले कम्युनिष्ट पढेको छ त्यसलाई  थाहा हुन्छ । इन्जिनियरलाई आलु रोप्नेबारे थाहा हुँदैन किसान लाई थाहा हुन्छ ।’ 
उनले  भारतप्रति संकेत गर्दै असल छिमेकी हुँ भन्नेले नेपालीलाई  दुख नदिने तर्क गरे ।  ‘मुखले सुमधुर सम्बन्ध भन्ने  हामीलाई दुःख दिने ? भूमि मिच्ने ?  सुमधुर सम्बन्ध भन्नेले कहिले पनि दुख दिन हुन्न’,  उनले भने । 
उनले नाकाबन्दी गराएर मधेसी जनतालाई भोकभोकै मार्नुपर्छ भन्नेचाहिँ मधेसवादी हुने  र  जनताको पक्षमा काम गर्ने एमालेलाई चाहिँ मधेस विरोधीको रुपमा चित्रित गरिएको भन्दै आक्रोश पोखे। 

सो क्रममा सिंगो मधेस समता पार्टीलाई ओलीले एमालेमा स्वागत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप