शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० देखि ४० वर्षको उमेरमा नगर्नुहोस् यी आठ काम, जीवनभर दुर्भाग्यबाट छुटकारा पाइँदैन

बिहीबार, २६ असोज २०७४, १५ : २६
बिहीबार, २६ असोज २०७४

२० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । यो उमेरमा मानिसहरु आफ्नो हरेक चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ ।

स्वास्थ्यमा ध्यान नदिनुः

यो उमेरमा स्वास्थ्य र शरिरले तपाईंको साथ दिने गर्दछ । यो चक्करमा तपाईं आफ्नो खानपिनको विशेष ध्यान राख्नुहुन्छ । अनियमित खाना र जंक फुडले तपाईंको स्वास्थ्यलाई दिन प्रतिदिन नकारात्मक असर पुर्याइरहेको हुन्छ जसको असर बढ्दो उमेरसँगै देखिन्छ । भविष्यमा तपाईंको शरिर आवश्यकताभन्दा बढि कमजोर हुनसक्छ ।

बढ्दो उमेरमा तपाईं जतिसुकै पोषक तत्वले भरपुर भोजनको बानी बसाल्नुहोस्, तपाईंको शरिरले यसलाई पूर्ण रुपमा सोस्न पाउँदैन । त्यसकारण यो उमेरदेखि नै स्वास्थ्यका लागि हानिकारक खानेकुरा खान बन्द गर्नुहोस् र एक स्वस्थ जीवनशैली अपनाउनुस् ता कि तपाईंको शरिर बलियो रहोस् र बुढेसकालमा शारिरिक कमजोरीसँग जुघ्न नपरोस् ।

बचत नगर्नुः

२० देखि ३० को उमेर यस्तो हुन्छ जब तपाईं कमाउन सुरु गर्नुहुन्छ र पहिलो पटक आफूलाई आर्थिक रुपमा स्वतन्त्र महसुस गर्नुहुन्छ । धेरैजसो मानिसहरु यो स्वतन्त्रतालाई महसुस गर्नका लागि खानपिन र मोजमस्तीमा खर्च गर्दछन् । उनीहरु भविष्यका लागि कुनै योजना तयार गर्दैनन् र बचत गर्ने त उनीहरुको बानी नै हुँदैन । तपाईंले पनि सुन्नुभएको होला, समय सधैं एकैनासे हुँदैन त्यसकारण अहिले देखि नै बचतको बानी बसाल्नुहोस् । पछि परिवारको जिम्मेवारी तपाईंको काँधमा आउँछ त्यसैले पनि यो समयमा बचत गर्नैपर्छ ।

भ्रमणः

धेरै मानिसहरु अवकाशपछि घुम्न रुचाउँछन् र युवावस्थामा पैसा कमाउन र आफ्नो भविष्यमा मात्र ध्यान दिन्छन् । तर पैसा कमाउने र भविष्यको चक्करमा नबिर्सिनुहोस् कि तपाईंको शरिर यो उमेरमा बढि उर्जावान् र बलियो हुन्छ । त्यसकारण घुमघाम र रोमाञ्चक क्रियाकलापका लागि योभन्दा उत्कृष्ट समय अरु हुनसक्दैन । पछि समय र पैसा हुँदा पनि तपाईं यी कुराहरु गर्न असमर्थ पनि हुनसक्नुहुन्छ ।

परिवारलाई समय नदिनुः

करियरलाई उत्कृष्ट बनाउने लोभमा आजकालका युवा यति धेरै व्यस्त हुन्छन् कि आफ्नो परिवारलाई समय दिन पनि पाउँदैनन् । अहिले तपाईंलाई अहिले केही फरक नपारेपनि भविष्यमा यो कुरा सधैं तपाईंको मनमा खट्किरहनेछ ।

विवाह गर्न हतार गर्नु वा नराम्रो सम्बन्धमा रहिरहनुः

मानिसहरुलाई लाग्छ कि काम पाउने बित्तिकै विवाह गर्नुपर्छ तर यस्तो हुनुहुँदैन । विवाह जीवनभरी निभाउनुपर्ने एक बन्धन हो । त्यसकारण जब तपाईंले सही जीवनसाथी पाउनुहुन्छ तबमात्र विवाह गर्नुहोस् । धेरै मानिसहरु विवाह त गर्छन् तर केही समयपछि नै समस्याबाट गुज्रन थाल्छन् ।

आमाबुवा वा बुढाबुढीको सल्लाह नमान्नुः

युवावस्था त्यस्तो बेला हो जहाँ तपाईंलाई आफूले गरेको सबैकुरा सही लाग्छन् । तपाईं नयाँ सोचसहित यति जोसमा हुनुहुन्छ कि अन्य सबै बिचार तपाईंलाई पुरानो र कमजोर लाग्छन् । तर नबिर्सिनुहोस् कि तपाईंका आमाबुवा जीवनको संघर्षमा तपाईंभन्दा अत्यधिक अनुभवी हुनुहुन्छ । त्यसकारण उहाँहरुलाई पनि ध्यानपूर्वक सुन्नुहोस् ।

खराब जागिरमा अड्किरहनुः

थुप्रै पटक तपाईंले रुचाएको जागिर पाउनुहुन्न तर करियरको सुनिश्चितता वा आर्थिक परिस्थितीसँग जुघ्नका लागि तपाईं सम्झौता गर्नुहुन्छ र मन नलागे पनि काम गरिरहनुहुन्छ । यस्तो नगर्नुहोस् र तुरुन्त उक्त कामलाई छोड्नुहोस् नभएर केही समयपछि तपाईंले उक्त कामलाई महत्व दिन छाड्नुहुन्छ र तपाईंलाई आफ्नो जीवन नै व्यर्थ लाग्न सक्छ ।

आमा बुवाको खुसीका लागि आफ्नो सपना त्याग्नुः

तपाईं त्यो काममा मात्र सफल हुनसक्नुहुन्छ जुन तपाईंलाई राम्रो तरिकाले आउँछ । थुप्रै पटक मानिसहरु आफ्नो आमाबुवाको खुसीका लागि त्यो करियर पनि अपनाउने गर्दछन् जसमाथि उनीहरुको रुची नै हुँदैन । परिणाम यस्तो हुन्छ कि उक्त काममा उनीहरुको परफर्मेन्स औसत हुने गर्दछ । त्यसकारण समय हुँदा नै आफ्नो क्षमताको पहिचान गर्नुहोस् र त्यसतर्फ आफ्नो कदम बढाउनुहोस् । आमाबुवाले तपाईंलाई जीवन जिउने तरिका सिकाउन सक्नेछन्, तपाईंलाई संघर्षसँग लड्ने हिम्मत दिनसक्छन् तर यो जरुरी छैन कि उनीहरुले जुन काममा सफलता हाँसिल गरका छ त्यसमा तपाईं पनि निपुण हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप