ग्रिनवुडको दुई गोलमा म्यानचेस्टरले बर्नलीलाई हरायो
सोमबार, ०६ वैशाख २०७८, ०७ : २७
बर्नलीलाई ३–१ ले हराउँदै इंलिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंकदूरी ८ अंकमा झारेको छ । सिटीले ३२ खेलबाट ७४ र युनाइटेडले ६६ अंक जोडेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुबै टोली आक्रामक देखिएका थिए । मेसन ग्रिनवुडले ४८ औं मिनेटमा मार्कस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर दुई मिनेटलगत्तै एस्ले वेस्टउडको पासमा जेम्स टार्कोस्की बर्नलीलाई बराबरीमा फर्काए ।
पाउल पोग्बाले मिलाईदिएको पासमा ग्रिनवुडले ८४ औं मिनेटमा युनाइटेडलाई फेरि अर्को अग्रता दिलाए । त्यसयता दबाबमा देखिएको बर्नलीविरुद्ध एडिसन काभानीले इन्जुरी समयको अन्त्यमा गोल गरे । प्रिमियर लिगमा ३२ खेलबाट ३३ अंक बटुलेको बर्नली १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी