शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरु नहुँदै विवादमा तानियो ‘सुपर लिग’

सोमबार, ०६ वैशाख २०७८, ०६ : ५८
सोमबार, ०६ वैशाख २०७८


युरोपका १२ ठूला क्लबहरुले युरोपियन सुपर लिग सुरु गर्ने आफ्नो योजना घोषणा गरेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘१२ वटा युरोपका अग्रणी क्लबहरू आज एकसाथ जुटेर मध्य सातामा नयाँ प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दछौं, सुपर लिगलाई यसका संस्थापक क्लबहरुले नै सञ्चालन गर्नेछन्,’ भविष्यमा अन्य क्लबहरुले पनि यो लिगमा समावेश हुने आशा विज्ञप्तिमा गरिएको छ ।

प्रिमियर लिगअन्तर्गतका म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी, टोट्टेनह्याम र लिभरपुल, स्पेनिस लिगअन्तर्गतका बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिड र इटालियन लिग क्लब एसी मिलान, इन्टर मिलान र युभेन्टस् युरोपियन सुपर लिगका संस्थापक क्लब हुन् । लिगको आयोजक पनि क्लबहरुबाटै चयन गरिएको छ । रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेज यस लिगका अध्यक्ष हुन् ।

यद्यपी, फिफा, युईएफएसँग तथा सम्बन्धित देशका फुटबल संघले यसको निन्दा गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा यो परियोजना रोक्नका लागि आफुहरुको प्रयास जारी रहने उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री  बोरिस जोनसन पनि फुटबल क्लबहरुको यो कदमको विरुद्धमा छन् । प्रधानमन्त्री जोनसोनले फुटबल क्लबहरू आफ्ना फ्यानप्रति जिम्मवारी हुनुपर्ने औल्याउँदै अहिलेको कदम एकलौटी रहेको र यसले फुटबलमा क्षति पु–याउने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप