शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाद निरुपणको माग गर्दै निर्वाचन आयोग पुग्यो एमालेको खनाल-नेपाल पक्ष

आइतबार, ०५ वैशाख २०७८, २० : १८
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।

सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका जे जे कुरा भएका छन् ति सवै अवैधानिक छन् भनेर पुन आयोगलाई जानकारी गराउन आयोग गएका हौ’, डा. भुषालले आयोगमा बुझाएको पत्रबारे रातोपाटीलाई जानकारी दिए । 

पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल-नेपाल पक्ष असन्तुष्ट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप