बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइपिएल : पञ्जाव र दिल्ली भिड्दै

आइतबार, ०५ वैशाख २०७८, २० : ०१
आइतबार, ०५ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

जारी प्रतियोगितामा दुई–दुई खेल खेलिसकेका यी दुवै टिमले एक जित र एक हार व्यहोरेका छन् । दिल्लीले राजस्थान रोयल्ससँग र पञ्जावले चेन्नई सुपरकिङ्ग्ससँग पराजय व्यहोरेको थियो ।

दिल्ली र पञ्जाबीच आइपिएलमा अहिलेसम्म कुल २६ खेल भएकोमा पञ्जावले १५ र दिल्लीले ११ खेलमा जित हासिल गरेको छ ।

आइतबार दिल्ली क्यापिटल्सले टस जितेर पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप