शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइपिएल : कोलकातालाई पराजित गर्दै बेंगलोर शीर्ष स्थानमा

आइतबार, ०५ वैशाख २०७८, १९ : ४७
आइतबार, ०५ वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्समाथि रोयल च्यालेन्जर बैंगलोरले महत्त्वपूर्ण जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । कोलकातालाई बेंगलोरले ३८ रनले पराजित गरेको हो ।

चेन्नइमा भएको खेलमा रोयल च्यालेन्जर बेंगलोरले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रनमात्र बनाउन सक्यो ।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाएका थिए । यस्तै, इयान मोर्गनले २९, शाकिब अल हसनले २६ र राहुल त्रिपाठीले २५ रन बनाए । जारी प्रतियोगितामा बेंगलोरको यो लगातार तेस्रो जित हो । बेंगलोरका लागि केल जेम्सनले तीन विकेट लिए भने हर्षल पटेल र युजवेन्द्र चहलले दुईदुई विकेट लिए ।

यसअघि बेंग्लोरका प्रारम्भिक ब्याट्सम्यानहरु क्रिजमा धेरैबेर टिक्न नसके पनि मध्यक्रममा ग्लेन म्याक्सवेल र एबी डेभिलियर्सले टिमको स्कोरलाई दुई सय पार गर्न महत्त्वपूर्ण योगदान गरेका थिए ।

विस्फोटक ब्याटिङ गर्ने क्रममा म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७८ रन बनाए भने डेभिलियर्सले ३४ बलमै ९ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाएर अविजित रहे ।

प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान विराट कोहलीले ५ रनमात्र बनाए भने देवदत्त पाडिक्कलले २५ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिए भने पाट कमिन्स र प्रशिद्ध कृष्णाले एक÷एक विकेट हात पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप