शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका ११ जिल्लामा खेलकुद परिषदका पदाधिकारी मनोनित

आइतबार, ०५ वैशाख २०७८, १९ : ४४
आइतबार, ०५ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद परिषद्लाई पूर्णता दिएको छ । तीन साताअघि गण्डकी प्रदेश खेलकुद परिषदको संयोजकमा तेज गुरुङलाई मनोनयन गरिएको थियो । प्रदेश सरकारले परिषदमा खालिरहेका अन्य पदाधिकारीसहित ११ वटा जिल्लाहरुमा नै अध्यक्ष सहितका पदाधिकारीको मनोनित गरेको छ । सरकारले गण्डकी खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुनलाई मनोनयन गरेको छ ।

त्यसैगरी परिषदको सदस्यमा गिरमान गुरुङ, वासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापामगर, शुभकन्या गुरुङ र चन्द्रा घले गुरुङ मनोनित भएका छन् । यस्तै ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठकसमेत सदस्यमा मनोनित भएका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तोरणबहादुर बानियाँ मनोनित भएका छन् । उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला) लाई मनोनयन गरिएको छ । 
स्याङ्जा जिल्लाको अध्यक्षमा गिरीप्रसाद गुरुङ र सचिवमा शीतलजङ्ग केसी मनोनयन भएका छन् ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुलसीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेतबहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिनबहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन् ।

त्यसैगरी गोरखा जिल्लाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हीरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद विसी रहेका छन् ।  त्यसैगरी म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ, बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनीत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप