बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक संस्था बन्द गर्नुपर्नेमा काठमाडौं उपत्यकाका सिडिओको जोड

आइतबार, ०५ वैशाख २०७८, १९ : १९
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले  कोरोना रोकथामका लागि यहाँका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए ।

 पराजुलीका अनुसार बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनले भने, ‘ हिजो सीसीएमसीले विभिन्न निर्णय गरेर मन्त्रिपरिषदलाई सिफारिस गरेको छ  । उक्त प्रस्तावबारे मन्त्रिपरिषदले निर्णय लिए त्यसको कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।’

उनका अनुसार भीडभाड हुने अन्य क्षेत्र र होटल–रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले  शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको  थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो । 

रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप