मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए

आइतबार, ०५ वैशाख २०७८, १९ : ०८
आइतबार, ०५ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार पोखरा महानगरपालिकाका ३३ मध्ये २३ वटा वडाहरूका महिला तथा पुरुषहरूमा कोराना संक्रमण देखिएको हो । त्यसैगरी कास्कीको कास्कीको  माछापुच्छ्रे गाँउपालिकामा एक महिलामा संक्रमण देखिएको डा.शर्माले बताए । 

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा २९ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ ।  प्रदेशमा कोरोनाका कारण हालसम्म २०७ जनाले ज्यान मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप