शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलका नेता शाहीद्वारा गाडी फिर्ता

आइतबार, ०५ वैशाख २०७८, १८ : ३९
आइतबार, ०५ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो ।   अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । 

प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रतिपक्षको भूमिकामा छैनौँ’ उनले भने, ‘अब हामी सरकारमा जान्छौँ’ एमाले प्रतिपक्षको भूमिकामा भएसँगै काँग्रेस तेस्रो दल भएको छ । कानुनविपरीत सेवा प्रयोग गर्न नचाहेर गाडी फिर्ता गरेको शाहीले बताए । 

काँग्रेसको तर्फबाट कोको मन्त्री बन्ने भन्नेबारे अहिलेसम्म टुङ्गो भने लागेको छैन ।  प्रदेशसभामा काँग्रेसका ६ जना सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप