बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

आइतबार, ०५ वैशाख २०७८, १८ : १९
आइतबार, ०५ वैशाख २०७८

सुर्खेत । कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीय महिलाको मृत्यु भएको हो । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण उनको आज (आइतबार) दिउँसो मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार मृतक महिला कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनअघि प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप