सुपरमार्केटबाट सलाद किनेर ल्याएः प्याकेट खोल्दा निस्कियो विषालु सर्प
कहिलेकाँही हामीले यस्तो ठाउँमा सर्प देखिरहेको हुन्छौं जहाँ हामीले यो देख्नेबारे कहिल्यै सोचेका पनि हुँदैनौं । तर जब खानाको सामानमा सर्प भेटिन्छ तब सायद सबै हैरान हुन्छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ जहाँ सलादको प्याकेटबाट विषालु सर्प निस्किएको छ ।
‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट विषालु सर्प निस्कियो ।
अलेक्जेन्डर ह्वाइट नामका व्यक्ति र उनका पार्टनर एमिली नेटी सिड्नीको एक सुपरमार्केटमा गएका थिए । उनीहरुले पत्तेदार सब्जी र सलाद खरिद गरेका थिए । यससँगै उनीहरुले अन्य सामान पनि खरिद गरेका थिए ।
घर पुगेपछि जब उनीहरुले प्याकेट खोले तब त्यसमा एउटा विषालु सर्प देखेर उनीहरु अचम्मित भए । सर्प त्यहि प्याकेटमा घुमिरहेको थियो र जिब्रो निकालिरहेको थियो । सुरुमा त उनीहरुले कुनै किरा घुमिरहेको होला भन्ने सोचे तर पछि उनीहरुलाई महसुस भयो कि त्यो कुनै किरा नभई सर्प हो ।
यद्यपि, त्यो सर्पको बच्चा थियो जसको लम्बाई २० सेन्टिमिटर थियो । तर त्यो असाध्यै विषालु सर्प थियो ।
रिपोर्टका अनुसार सर्प देखेपछि परिवारले वन्यजीव संगठनलाई यसको सूचना दिए । संगठनले यो सर्प अष्ट्रेलियामा पाइने सबैभन्दा विषालु सर्पमध्येको एक भएको जानकारी दियो ।
ती व्यक्तिले सर्प भेटिएको उक्त सलादलाई उनीहरुले त्यो फ्याँकेनन् । उनका अनुसार उनीहरुले सलादलाई राम्रोसँग धोए र त्यसको सलाद बनाए । यसका साथै उनीहरुले सलादलाई सधैं राम्रोसँग धुनुपर्ने बताए ।
सोसल मिडियामा यो सर्प र सलादको भिडियो पनि भाइरल भइरहेको छ । सलाद खरिद गर्ने व्यक्तिले यसलाई सोसल मिडियामा सेयर गरेका छन् । कतिले अन्य मानिसहरुलाई यसको तस्बिर पनि सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा