एकै दिन १ हजार बढीमा संक्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा
आइतबार, ०५ वैशाख २०७८, १६ : २८
काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।
हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल