बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

स्टोक्सले न्यूजिल्याण्डविरुद्धको टेस्ट शृङ्खला गुमाउने

आइतबार, ०५ वैशाख २०७८, १६ : २४
आइतबार, ०५ वैशाख २०७८

बेन स्टोक्सले इङ्ल्याण्डको न्यूजिल्याण्डविरुद्धको टेस्ट शृङ्खला गुमाउने भएका छन् । इङ्ग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी) का अनुसार स्टोक्सको औँला भाँचिएको छ र त्यसको अपरेशन गनुपर्ने आवश्यक रहेको छ । यसका लागि उनी १२ हप्ता मैदानबाहिर रहनुपर्नेछ । आगामी जुनबाट टेस्ट शृङ्खला शुरु हुँदैछ ।

बिहीबार इङ्ग्ल्याण्डका अलराउन्डरको एक्स रे र सिटी स्क्यान गरिएको थियो । उनी शनिबार बेलायत फर्किएका छन् । राजस्थान रोयल्सको पहिलो खेलमा फिल्डिङको क्रममा चोटग्रस्त बनेका थिए ।

इङ्ल्याण्डको सिजनको पहिलो टेस्ट लर्डस्मा जुन २ बाट खेलिनेछ । यो मात्र ६ हप्ता टाढा रहेको छ ।

स्टोक्सले राजस्थानलाई मैदानबाहिरबाट सहयोग गर्न भारतमा नै रहने बताएका थिए । तर, लिड्समा सोमबार अपरेशन गर्नका लागि उनी स्वदेश फर्किएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप