शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मार्बल फ्लोरदेखि फ्रेन्च विन्डोसम्मः आलिशान छ नेहा कक्कडको मुम्बईको घर

आइतबार, ०५ वैशाख २०७८, १६ : १६
आइतबार, ०५ वैशाख २०७८

नेहा कक्कड र रोहनप्रित सिंहको जोडी इन्डष्ट्रिमा निकै चर्चित जोडीमध्ये एक हो । यी दुईका थुप्रै प्रशंसक छन् जसले उनीहरुलाई असाध्यै प्रेम गर्छन् । रिमेक क्वीनको नामबाट परिचित नेहा कक्कडले रोहनप्रितसँग विवाह गरेर प्रशंसकलाई चकित पारिदिएकी थिइन् ।

प्रशंसक नेहा कक्कड र रोहनप्रित सिंहबारे सबैकुरा जान्न चाहन्छन् । यो कुरा बुझ्दै नेहा पनि आफ्नो नीजि जीवन र रोहनसँग मस्तीको झलक सोसल मिडियामा दिने गर्छिन् । हालै उनले आफ्नो घरका केही तस्बिर शेयर गरेकी छिन् जसलाई निकै मन पराइँदैछ ।

नेहा र रोहनप्रित मुम्बईको पश इलाकामा बस्छन् र लकडाउनका कारण  घरमा समय बिताइरहेका छन् । फोटो सेयर गर्दै नेहा कक्कडले प्रशंसकलाई श्रीमानसँग घरमा समय काटिरहेको जानकारी दिने गर्छिन् । नेहा र रोहन यी फोटोमा गितार बजाइरहेको देख्न सकिन्छ ।

नेहा कक्कडको घरको साधारण र सुन्दर डिजाइन हेर्न लायक छ । मार्बलको फ्लोर, फ्रेन्च विन्डोज, ह्याङ्गिङ प्लान्ट्स र मुम्बईको स्काइलाइनसहित यो घर असाध्यै राम्रो छ ।

अघिल्लो वर्ष नेहा कक्कडले ऋषिकेशमा एउटा बंगला खरिद गरेकी थिइन् । उनले यो फोटो सेयर गर्दै बाल्यकालमा आफू परिवारसँग भाडाको एउटा कोठामा बस्ने गरेको बताइन् ।

नेहाले फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘यो त्यो बंगला हो जुन हामीले ऋषिकेशमा लिएका छौं । राइट स्वाइप गरेर हेर्नुहोस्, यो त्यो घर हो जहाँ म जन्मिएकी थिएँ । यो घरको एउटा कोठामा हामी सबै बस्दथ्यौं । यसै कोठामा हामीले सानो टेबल राखेका थियौं, जुन मेरी आमाको भान्साकोठा थियो ।’

नेहाले थपेकी थिइन्, ‘यो कोठा पनि हाम्रो थिएन, हामीले यसको भाडा तिर्दथ्यौं । अब जब म यहि शहरमा आफ्नो बंगला देख्छु तब म भावुक हुने गर्छु । ’ नेहाले यो पोस्टमा आफूलाई सेल्फ मेड बताएकी थिइन् । नेहा कक्कडले थुप्रै पटक आफ्नो संघर्षका कथाबारे कुरा गरिसकेकी छिन् ।

स्मरण रहोस्, आजकाल नेहा कक्कड इन्डियन आइडल १२ मा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छिन् । कार्यक्रममा उनीसँग विशाल डडलानी र हिमेश रेशमिया छन् । इन्डियन आइडलको मञ्चबाटै नेहाले आफ्नो साङ्गीतिक यात्राको सुरुवात गरेकी थिइन् । यद्यपि, उनी छिट्टै शोबाट बाहिरिएकी थिइन् । र आज उनी त्यहि शोकी निर्णायक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप