शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार २७ सय बिन्दुबाट ब्याक,  ३५.८९ अंकको गिरावट

आइतबार, ०५ वैशाख २०७८, १५ : ४२
आइतबार, ०५ वैशाख २०७८

आइतबार सेयर बजारमा ३५.८९ अंकको गिरावट आएको छ । बजार राताम्मे देखिएको  छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको छ ।  म्युचुअल फण्ड भने ०.०६ अंकले बढेको छ । 
आइतबारको बजारमा ८ अर्ब ८० करोड भन्दा बढीको सेयर कारोबार भएको छ  । नेप्से परिसूचक २६९९.५१ बिन्दुमा अडिएको छ । २७ सय भन्दा माथि पुगेको बजार आइतबार ब्याक हुँदै तल झरेको छ । 

 घटेको बजारमा सबैभन्दा बढी महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेको छ । ९.९३ प्रतिशतले बढेको महिलाको सेयर मूल्य  १ हजार ३ सय २८ पुगेको छ ।  केही समय अघिमात्र दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाइफ इन्सुरेन्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ६ सय २१ रुपैयाँ पुगेको छ । 

यता सबैभन्दा धेरै सेयर कारोबार भने एभरेष्ट बैंकको भएको छ । यसको ८७ करोड ६२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रो बढी मूल्यको सेयर कारोबार हुनेमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप