शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सी भन्दै महिलामाथि कुटपिट गरेको आरोपमा युवक पक्राउ

आइतबार, ०५ वैशाख २०७८, १३ : ३८
आइतबार, ०५ वैशाख २०७८

सिरहा । सिराहामा बोक्सी भन्दै महिलालाई कुटपिट गरी यातना दिइएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीय हीरादेवी साहलाई बोक्सी भन्दै कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको  हो । घुरन हीरादेवीका आफ्नै भतिजा हुन् । 

घटनाको विषयमा आधिकारिक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए । उनले भने, ‘हामीले पीडितलाई यहीँ झिकाएर जानकारी लिँदैछौँ, त्यसपछि मात्र घटनाबारे केही भन्न सकिन्छ ।’

यता पीडित हीरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका आरोप लगाएकी छन् । भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि  बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।

हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छन् । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप