शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्मीमा रोगबाट बच्नका लागि विशेष ५ टिप्स

आइतबार, ०५ वैशाख २०७८, १२ : ०२
आइतबार, ०५ वैशाख २०७८

गर्मी मौसममा विभिन्न प्रकारका महामारीको प्रकोप बढ्ने गरेको पाइन्छ । गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् । 

पाचन प्रक्रिया र छालासम्बन्धी समस्याहरुको साथसाथै मौसमी फ्लु र संक्रमण पनि खतरा आउँछ । साथै, गर्मी मौसममा फ्लुले पनि आक्रमण गर्ने गर्छ । त्यसैले गर्मीमा आउने स्वास्थ्य समस्याहरु कम गराउन के गर्ने त ? 

प्रशस्त पानी पिउने 
यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन्छ । पानीले फाइबरसँग मिलेर काम गर्छ । यसले दिशा नरम बनाउन मद्दत गर्छ । यसका साथै पानीले शरीरलाई सुख्खा हुन नदिने भएकाले समस्याहरुले सजिल्यै आक्रमण गर्न सक्दैनन् । 

फाइबरयुक्त खाना
गौँ, सागसब्जी, फलफूल र फाइबर युक्त अन्य खानेकुराले पाचन पक्रियालाई तन्दुरुस्त बनाउँछ । यसले कब्जियतको समस्याबाट बचाउँछ । फाइबरयुक्त खाना खानाले फिशरजस्ता समस्याहरु हुन दिँदैन  । 

क्याफिन
गर्मीमा क्याफिनको सेवन धेरै मात्रामा गर्नुहुँदैन । यसले पाचन प्रणालीमा असर पुर्याउँछ । पाचन प्रक्रियामा आउने समस्याले अल्सर, एसिडिटी र जलन जस्ता समस्या आउँछ । 

व्यायाम 
गर्मीको समयमा पसिना निकाल्न आवश्यक छ । यसमार्फत शरीरभित्रमा फोहोर पदार्थ बाहिर फाल्न मद्दत पुग्छ । शरीरलाई जति सक्रिय राखिन्छ उति नै स्वस्थ रहन्छ । 

घामबाट टाढा रहने 
गर्मीको समयमा चर्को घाममा तीन घण्टाभन्दा बढी रहनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । हल्का कपडा लगाउने र चर्को घामबाट बच्ने गर्नुपर्छ । 

नियमित स्वास्थ्य चेकजाँच
कहिलेकाँही शरीरका विभिन्न समस्याहरु देखिएपनि बेवास्ता गर्ने चलन रहेको छ जसले गर्दा गम्भीर समस्या समेत आउन सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप