शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई

आइतबार, ०५ वैशाख २०७८, ११ : २१
आइतबार, ०५ वैशाख २०७८

नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन् । नेपालकी मनीषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भयो ।

गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन् ।  नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे ।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्ड कोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरस (कोभिड– १९) का कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । आमन्त्रण गरिएका खेलाडीहरु नआउने भएपछि भृकुटिमण्डलाई तय गरिएको प्रतियोगितालाई शान्तिनगरस्थित आफ्नै हातामा आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप