शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन सर्वाधिक २ लाख ६० हजार सङ्क्रमित भेटिएः १४ सय ९२ को मृत्यु

आइतबार, ०५ वैशाख २०७८, १० : १८
आइतबार, ०५ वैशाख २०७८

भारतमा कोरोना सङ्क्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३३ नयाँ सङ्क्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ ।

शनिबार जुन राज्यमा सबैभन्दा बढी सङ्क्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् ।

सक्रिय सङ्क्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । पछिल्ला दिनमा यसमा १.२० लाखको वृद्धि भएको छ । हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ ।

दिल्लीमा डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले ५ सय शय्याको कोभिड अस्पताल तयार गरेको छ । यहाँ ठूलो सङ्ख्यामा अक्सिजन र भेन्टिलेटर बेड उपलब्ध छन् । यहाँ मानिसहरुको उपचार निःशुल्क गरिनेछ । न्युरो र कार्डिकको केस आउँदा बिरामीलाई एम्स अस्पताल रिफर गरिनेछ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा अक्सिजन र रेमडेसिपिरको कमी भएको बताएका छन् । उनले दिल्लीमा आइसीयू बेड सीमित सङ्ख्यामा भएको बताएका छन् । अक्सिजन र आइसीयू बेड तीव्र रुपमा कम भइरहेका छन् ।

– थुप्रै सहरमा लकडाउनका कारण पलायनजस्तो स्थिति बनेको छ । यस्तोमा रेलमा भीड बढेको छ । यसलाई मध्यनजर गर्दै रेलवेले विशेष गाइडलाइन्स जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप