बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री वर्षासँग गायक युवराजको ‘घुर–घुर’ रोमान्स

आइतबार, ०५ वैशाख २०७८, १० : ०७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । चर्चित गायक युवराज चौलागाईंको नयाँ गीत ‘घुर घुर’ सार्वजनिक भएको छ । स्वर तथा संगीतसमेत गायक चौलागाईंको रहेको गीतमा शब्द कौशिला खनाल कर्माचार्यले कोरेकी हुन् । गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथालाई उठान गरेको छ । 

गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र गायक स्वयंको अभिनय देख्न सकिन्छ । वर्षासँग गायक चौलागाईंको भिडियो रोमान्स सुहाउँदो देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा धिरजजंग शाहको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप