शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नोटसहित एक जना पक्राउ

आइतबार, ०५ वैशाख २०७८, ०९ : ३२
आइतबार, ०५ वैशाख २०७८

भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–४ का ५५ वर्षीय नौसाद मिया भारतीय नोटसहित पक्राउ परेका हुन् । 

शनिबार मियाको साथबाट प्रहरीले ५ सय दरका २०६ थान गरी एक लाख ३ हजार भारतीय नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताए । 

यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप