शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ मिनेटमा चार गोल गर्दै बार्सालाई कोपा डेल रेको उपाधि

आइतबार, ०५ वैशाख २०७८, ०७ : ३१
आइतबार, ०५ वैशाख २०७८

बार्सिलोनाले एथ्लेटिको बिल्बाओविरुद्ध गोलवर्षा गर्दै कोपा डेल रेको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गर्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको ६० औँ मिनेटसम्म बार्सिलोनालाई एथ्लेटिकोले रोकेको थियो । तर, फ्रेंकी डि योङको पासमा गोल गर्दै एन्टोनी ग्रिजमानले बार्सालाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि डि योङले बार्साको अग्रता दोब्बर बनाए ।

त्यसपछि कप्तान लियोनेल मेस्सीले दुई गोल थप्दै बार्सिलोनाको जीत सुनिश्चित गरे । रोनाल्ड कोमानको नेतृत्वमा बार्सिलोनाले पहिलोपटक उपाधि जितेको हो । सन् २०१९ पछि बार्सिलोनाको यो पहिलो उपाधि हो ।

यता, एथ्लेटिकले भने दुई हप्ताको अन्तरालमा दुईवटा कोपा डेल रे फाइनल हार्न पुगेकाे छ । गत अप्रिल ३ मा सन् २०२० को फाइनल ढिला गरी खेलाइएको थियो । त्यसमा एथ्लेटिको रियल सोसिडाडसँग हार्न पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप