बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन अध्यक्षमा जमुना घलेद्वारा उम्मेदवारी घोषणा

बिहीबार, २६ असोज २०७४, १३ : ४९
बिहीबार, २६ असोज २०७४

काठमाडौं– गैरआवासिय नेपाली संघ(एनआरएन) को नयाँ कार्यकालको लागि  जमुना (गुरुङ)घलेले उम्मेदवारी घोषणा गरेकी छिन् ।  
 

बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् ।   
 

एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न,  एनआरएनलाई पारदर्शी आर्थिक रुपमा बनाउन,  एनआरएनको परियोजनालाई समयमा सम्पन्न गर्नलगायतका एजेण्डा लिएर  आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको घलेले बताइन् ।  उनी वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् । 

यसअघि नै एनआरएन अध्यक्षको लागि भवन भट्टले पनि उम्मेदवारी घाेषणाा गरिसकेका छन्  । यस्तै  डिबी कार्कीले समेत अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप