कोरोनाले घेरिँदै नेपालगञ्ज
भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक÷एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् । भारतको गुजरात दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कारोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु