शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको स्तन काटे, ब्यागमा हालेर घर पुर्याए

बिहीबार, २६ असोज २०७४, १३ : ४०
बिहीबार, २६ असोज २०७४

टाइम्स न्यूज नेटवर्क

भारतको केरलको इडुकीमा मंगलबार ४१ वर्षीया एक महिलाको निकै भयानक तरिकाले हत्या गरियो । महिलाको बायाँ स्तन ससाना टुक्रामा काटिएको पाइयो । यस मुद्दामा पुलिसले आरोपी ३० वर्षीय युवक गिरिशलाई पक्राउ गरेको छ । महिलाको पहिचान अडिमली निवासी अब्दुल सियादकी श्रीमती सलिनाको रुपमा भएको छ ।

पुलिसका अनुसार सलिना क्षेत्रकी सभासद् थिइन् । गिरिशगको सलिनासँग भेट उनीविरुद्ध लागेको एक उत्पीडनको केसमा भएको थियो । सलिनाले त्यतिबेला गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् । पुलिसका अनुसार गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।

पुलिसका अनुसार गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार गरिन् जसका कारण रिसाएका गिरिशले उनको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।

पुलिसका अनुसार सबै घटना नजिकैको एक पसलको सिसिटिभी क्यामरामा कैद छ । घटनामाथि थप छानबिन भइरहेको पुलिसले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप