बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौचनको बिदाइमा रोकिएन आँशु, १६ तस्बिरमा हेर्नुहोस्

बिहीबार, २६ असोज २०७४, १३ : ३१
बिहीबार, २६ असोज २०७४

काठमाडौँ– सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव परिवारले बुझेका छन् । 

शव बुझेलगत्तै मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखियो ।  उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ । 

गौचनप्रति श्रद्धाञ्जली दिन  प्रधानमन्त्री शेरबहादुर देउवा, बन मन्त्री विक्रम पाण्डेसहित विभिन्न दलका नेता, निर्माण व्यवसायी र शुभेच्छुक विजुली बजार पुगेका थिए । 
श्रद्धाञ्जली दिने क्रममा गौचनका परिवार आफन्त र शुभेच्छुक भावविह्वल अवस्थामा देखिन्थे । 

यसअघि गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् । 

तर,  गृहमन्त्री जनार्दशन शर्माले  बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने आश्वासन दिएपछि शब परिवारले बुझेका हुन् ।  

 

यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका छन्  ।  घटना घटेको तीन दिन बित्दा पनि प्रहरीले हत्यारा पक्राउ भने गर्न सकेको छैन । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप