शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका सांसदलाई मन्त्री पद उपहार

शनिबार, ०४ वैशाख २०७८, २१ : ०४
शनिबार, ०४ वैशाख २०७८

  सुर्खेत ।  कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । 
मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’  गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।   

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिएका छन् भने मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा  अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा  कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको  छ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप