बैतडीमा बालकको हत्या, एकजना पक्राउ
हथौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।
महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो ।
के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ । सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह