शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुशल र आरिफ चम्कँदा टी–२० त्रिदेशीय क्रिकेटमा नेपालको शानदार सुरुवात

शनिबार, ०४ वैशाख २०७८, १७ : १४
शनिबार, ०४ वैशाख २०७८

टी–२० त्रिदेशीय क्रिकेट श्रृंखलाको पहिलो खेलमै नेपालले ९ विकेटको शानदार जित हासिल गरेको छ । त्रिभुवन विश्वविद्यालय स्थित मैदानमा आयोजक नेपाल सामु नेदरल्यान्डले १३७ रनको चुनौती पेश गरेको थियो ।

नेदरल्यान्डबाट बास डि लिड्ले बाहेक अन्य ब्याटस्म्यानले उत्कृष्ट खेल्न सकेनन् ।

सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलले क्याचआउट गर्नुअघि लिड्लेले ४१ रन बटुलेका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, स्कट इडवार्डस्ले ३०, पिटर सिलरले नटआउट २३ र एन्टोनियो स्टलले नटआउट २० रन बनाए । नेपालबाट सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र सदाब आलमले १ विकेट लिए ।

ओपनिङ जोडी राम्रोसँग जम्दा नेपालले १५ ओभरमै सहज रुपमा लक्ष्य लक्ष्य भेट्टायो ।  त्यसक्रममा ओपनर कुशल भुर्तेलले ६२ र आरिफ शेखले नटआउट ५४ रन बनाए ।

जुलियन डि मेकोबलमा पिटर सिलरले क्याचआउट गर्नुअघि ४६ बल सामना गरेका भुर्तेलले ५ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, शेखले ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालको जीतमा १३ रनको योगदान गरे ।

प्रतियोगिताअन्तर्गत नेपालले अब सोमबार मलेसियाको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप