शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेद्वारा ३ प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्काशन, प्रकाश ज्वालालाई केन्द्रको जिम्मा लगाइयो

शनिबार, ०४ वैशाख २०७८, १७ : ११
शनिबार, ०४ वैशाख २०७८

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । 
शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको बोगटीले जानकारी दिए । 
शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप