शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहरमा पुनः प्रसारण हुँदैछ रामायण

शनिबार, ०४ वैशाख २०७८, १६ : २२
शनिबार, ०४ वैशाख २०७८

भारतमा कोरोनाभाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइँदैछ । यस्तोमा एकपटक पुनः रामानन्द सागरको रामायण प्रसारण गरिँदैछ । भारतमा कोरोना लकडाउनका बेला अघिल्लो वर्ष सन् २०२० मा पनि रामानन्द सागरको रामायण प्रसारित भएको थियो ।

यो खबरमा रामायढाकी अनस्क्रिन सीता अर्थात् दीपिका चिखलियाले खुसी व्यक्त गरेकी छिन् । रामानन्द सागरको रामायणमा सीताको भूमिका निभाउने दीपिका चिखलियाले इन्स्टाग्राममा रामायण पुनः प्रसारण भएकोमा खुसी व्यक्त गरेकी छिन् । सोसल मिडियामा दर्शकका लागि यो खबर सेयर गर्दै दीपिका चिखलियाले इतिहासले आफूलाई दोहोराइरहेको भान भएको बताएकी छिन् । अघिल्लो वर्ष दूरदर्शनमा रामायण रिलिज गरिएको थियो । यसपटक रामायण स्टार भारतले प्रसारण गर्नेछ ।

यो शो मेरो जीवनको मात्रै होइन पूरा परिवारको...

रामायण पुनः प्रसारण हुँदै गरेकोमा सीता अर्थात् दीपिका चिखलियाले लेखेकी छिन्, ‘रामायण यस वर्ष पनि सानो पर्दामा फिर्ता भइसकेको छ भनेर सेयर गर्न पाउँदा निकै उत्साहित छु । रामायण अघिल्लो वर्ष लकडाउनका बेला पनि प्रशारण गरिएको थियो । यो सबै हेरेर मलाई यस्तो लागिरहेको छ कि मानौं इतिहास आफूलाई दोहोराइरहेको छ । शो मेरो जीवनको मात्रै होइन थुप्रै भारतीय परिवारको जीवनको ठूलो हिस्सा बनेको थियो ।’

उनी थप्छिन्, ‘आउनुहोस्, हामी सबै मिलेर हाम्रो समुदाय र समाजका हिस्सा बन्नुहोस् । अबको पीढिलाई रामायणको ज्ञान साझा गर्नुहोस् । स्टार भारतमा हरेक रात ७ बजे रामानन्द सागरको रामायण हेर्नुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप