शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व प्रेमिका अनुषा दांडेकरले नयाँ प्रेमी बनाउँदा दुःखी भए करण कुन्द्रा, भने, ‘उनी त अघि बढिन्, म छैन..’

शनिबार, ०४ वैशाख २०७८, १४ : ५८
शनिबार, ०४ वैशाख २०७८

टिभीका नायक करण कुन्द्रा लामो समयपछि टिभी सिरियलमा फिर्ता भएका छन् । उनी आजकाल सिरियल ‘ये रिश्ता क्या कहलाता हे’ मा देखिएका छन् । करणले लगभग तीन वर्षपछि डेली सोपमा फिर्ता भएका छन् । करणको अघिल्लो वर्ष अनुषा दांडेकरसँग ब्रेकअप भएको थियो जसबारे उनले आफ्नो मुख खोलेका छन् । करणका अनुसार अनुषा आफ्नो जीवनमा अघि बढिसकेकी छिन् तर उनी भने त्यतै छन् । अनुषाले करणलाई धोका दिएको आरोप लगाएकी थिइन् । अब यसबारे करणले हालै दिएको अन्तरवार्तामा कुरा गरेका छन् ।

करण कुन्द्राले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, ‘म हाम्रो सम्बन्धको सम्मान गर्छु त्यसैले चुप छु र पछि पनि यस्तै गर्नेछु । यतिबेला दुई परिवारबारे पनि सोचिरहेको छु । म पनि सबैको अगाडि आएर धेरै कुरा भन्न सक्छु । जे अनुषाले भनिन् त्यो उनको दृष्टिकोण थियो तर म त्यस्तो छैन ।’

करणले थपे, ‘जब म यो सबै कुरा सुन्छु तब मलाई हाँसो लाग्छ । म बुझ्दिनँ कि कोही व्यक्तिले अर्को व्यक्तिविरुद्ध यतिसम्म होच्याएर कसरी भन्न सक्छ । हाम्रो साढे तीन वर्षको सम्बन्ध निकै सुन्दर थियो । मैले अनुषाबाट धेरै कुरा सिकेको छु र उनको परिवारलाई पनि असाध्यै इज्जत गर्छु । ’

एक वर्ष अघि नै अलग्गिएका थिएः

करणका अनुसार उनीहरु एक वर्षअघि अलग्गिएका थिए । उनी भन्छन्, ‘एउटा सम्बन्धमा धेरैकुरा ध्यानमा राखिन्छ । हरेकको जीवनका लागि एउटा भिन्न अप्रोच हुन्छ । हामी दुई एक अर्कालाई निकै प्रेम गर्दथ्यौं र एक अर्काका लागि थुप्रै कुराको त्याग गरेका छौं ।’

अनुषा जीवनमा अघि बढिरहेकी छिन्ः

केही समय अघि आएको खबर अनुसार अनुषा बिग बस प्रतियोगी जेसन शाहलाई डेट गरिरहेकी छिन् । यसपटक करण कुन्द्राले भने, ‘म सिंगल छु । म अहिलेसम्म योबाट बाहिर आउन सकिरहेको छैन । मेरा परिवार, मेरा बाल्यकालका साथी मेरा लागि विशेषको खोजी गरिरहेका छन् तर यसपटक सम्बन्धमा आउनु मेरो लागि मुश्किल छ । मलाई के खुसी लागेको छ भने म आफ्नो परिवारसँग पुनः नजिकिएको छु । ’

उनले थपे, ‘मैले यो कुरामा कुनै प्रतिक्रिया दिइनँ भन्नुको अर्थ मलाई यसले केही प्रभाव पारेन भन्नु होइन । उनी सायद अघि बढिन् तर म छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप